धारिलो हतियार प्रयोग गरी दम्पत्तिको हत्या

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, साउन २६, २०७६

बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ ।
बोबाङको अङगरे विराउनी बस्ने ६४ बर्षिय भानबहादुर कामी र उनकी श्रीमती ६० बर्षिया विमा कामीको धारीलो हतियार प्रयोग गरी हत्या भएको प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी ईञ्चार्ज रिन बहादुर बैदवारले बताए ।
भानबहादुरको शव घर तलको मकै बारीमा भेटिएको थियो भने विमाको शव आफ्नै घरभित्रै विभत्स अवस्थामा रहेको सई वैद्यवारको भनाई छ । कामी दम्पति मृत अवस्थामा भेला परे पछि स्थानीयले आईतबार विहान प्रहरीलाई खबर गरेका थिए ।
घटनाको प्रकृति अनुसार, घरेलु औजार बञ्चरो प्रयोग गरेर हत्या गरिएको जस्तो देखिएको प्रहरीको भनाई छ । ‘मृतक दम्पति दुवैको टाउकोमा ठुलो चोट लागेको अवस्था छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी प्रमुख सहितको टोली घटनास्थलतर्फ जाँदै गरेको र सो टोली पुगेपछिमात्र थप अनुसन्धान हुने बैदवारको भनाई छ । हत्या गरिएका दुई दम्पत्तिको बोबाङ तथा ढोरपाटनमा दुई ठाएँमा घर रहेको छ ।
हत्या गरिएको स्थान बोबाङमा बस्दै आएका उनीहरुको घर एकान्त ठाउँमा रहेको प्रहरीको भनाई छ । मृतक कामीका भाई र भाइका माइतिको घर केही नजिक त तर ति दुई दम्पत्रि बस्ने ठाउँदेखि २५÷३० मिनेट लाग्ने देखिएको छ ।
मृतक कामीका छोरा बुहारी ढोरपाटनमा बस्दै आएका छन । जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक नरेन्द्र कार्कीको टोली घटना स्थल प्रस्थान गरेको छ ।
जिल्लाको टोली पुगे पछि मात्रा थप अनुसन्धान अगाडी बढ्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । बूर्तिवाङ्ग र बोवाङ्गबाट खटिएको प्रहरी टोलीले घटना स्थलको सुरक्षा गर्ने काम गरेको छ ।