अंचल अस्पतालमा टोकन मेशिन राख्न सहयोग जुट्दै

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, साउन २६, २०७६

धौलागिरी अंचल अस्पताल बागलुङले टोकन मेशिन खरिदको लागि आर्थिक संकलन अभियान संकलन गरेको छ ।
अस्पतालको लाईन व्यवस्थापनमा उपयुक्त मानिने उक्त मेशिन खरिदको लागि अस्पताल संचालक समितिले स्वदेश तथा विदेशमा रहेको नेपालीहरुसँग सहयोगको अपिल गरेको हो ।
अस्पतालको अपिल अनुसार स्वदेश तथा विदेशमा रहेका नेपालीले आवश्यक रकम सहयोग गरेको अस्पताल संचालक समितिका सदस्य शालीकराम शर्माले जानकारी दिनुभयो ।
टोकन मेशिन खरिदको लागि २ लाख ९९ हजार ६५१ आवश्यक हुने सदस्य शर्माको भनाई छ । मेशिन खरिदको लागि
बागलुुङ नगरपालिका–३ गुुठीका उज्जल खड्काले २ लाख र बानपा–१ रामरेखाका निवासी शम्भुु आचार्य, बा.न.पा २ निवासी मनमोहक श्रेष्ठ र बागलुुङबाट बैदेशिक रोजगारीको शिलशिलामा जापानमा रहेका नेपालीको संयुक्त पहलमा ९९ हजार ६ सय ५१ रुपैयाँ सहयोग गरेका छन् ।
बिरामीलाई लाइन बस्नुुपर्ने बाध्यता अन्त्यका लागि टोक प्रणाली लागु गर्न थालेको अस्पताल संचालक समितिका अध्यक्ष केवी राना मगरले बताउनुभयो । मेशिन खरिदको लागि आवश्यक रकम संकलन भएकाले तत्काल खरिद प्रक्रियामा जाने अध्यक्ष रानाले बताउनुभयो ।
मेसिन जडान गरेपछि टिकटका लागि विरामी लाइन बस्न नपर्ने बताइएको छ । आफ्नो पालो अर्थान नम्बर अनुसार टिकट लिँदा कसैलाई पनि मर्का नपर्ने बताइएको छ । टिकट लिनका लागि अस्पतालमा स्वास्थ्य विमा गरेका र अपाङ्ग जेष्ठ नागरिकका लागि २ वटा टिकट काउन्टर र बाँकीका लागि २ वटा काउन्टर स्थापना गरिने छ ।