शाखा रहित सेवा शुभारम्भ

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६

बागलुुङको काठेखोला गाउँपालिका २ भिमापोखरामा सिटिजन बैङ्कको शाखा रहित सेवा सुुरु भएको छ ।
बैङ्कले बागलुुङमा पहिलो शाखा रहित सेवा सुुरु गरेको र राष्ट्र बैङ्कले स्थानिय तहमा शाखा रहित सेवा सुुरु गर्ने अनुमति दिएपछि सिटिजन्सले पनि शाखा रहित बैङ्कीङ सेवा शुरु गरेको बैङ्क शाखाका निमित्त प्रवन्धक राजेन्द्र शर्माले जानकारी दिनुभयो ।
उहाँले स्थानिय जनताले बागलुुङ बजारमा आएर गर्ने सम्पुुर्ण काम शाखा रहित बैङ्कवाट पनि दिन शुरु गरिएको जानकारी दिदै खाता खोल्ने, रकम जम्मा गर्ने, रेमिटेन्सका सवै कार्यहरु गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका २ का वडा अध्यक्ष विद्यापति शर्माले स्थानिय तहमा शाखा रहित बैङ्किङ सेवाले स्थानिय जनतालाई थप सुविधा पुुग्ने बताउनुुभयो ।
उहाँले प्रतिस्पर्धाको समय भएकाले स्थानिय जनताको भावनालाई बुझेर सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभया । कार्यक्रममा बिवाइसिका अध्यक्ष मणिभद्र शर्माले पनि बोल्नुुभएको थियो ।
कार्यक्रम सिटिजन बैङ्क गण्डकी प्रदेश प्रमुुख प्रदिप चेराईको अध्यक्षता, राष्ट्रिय व्यापार संगठन बागलुुङका कोषाध्यक्ष राजुु गौतमको स्वागत र बैङ्कका शाखाका निमित्त प्रवन्धक राजेन्द्र शर्माको सञ्चालन सम्पन्न भएको थियो ।