सङ्कृतन तथा भजन संगीत प्रशिक्षण

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, साउन २०, २०७६

कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजनामा बागलुङमा सङ्कृतन तथा भजन संगीत प्रशिक्षण शुरु भएको छ ।
भजन संगीतको बिकासका लागि गुठी व्यवस्थापन समितिको आयोजनामा १५ दिने तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले कला संस्कृतिको संरक्षणका लागि सवैले ध्यान दिनुपर्ने बताउनुभयो । तालिम उद्घाटन कार्यक्रममा गौरीधाम शिव मन्दिर भजन कृतन समितिका अध्यक्ष नरिश्वर शर्मा र हरेराम हरे कृष्णका प्रवद्र्धक अच्युत दासले मंतव्य व्यक्त गर्नु भएको थियो ।
भदौ १ गते सम्म संचालन हुने तालिमको सहजीकरण सूर्य घतानेले गर्ने र तालिममा २० जनाको सहभागीता रहेको गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।
कार्यक्रम पुजा प्रवन्ध तथा सत्सङ उपसमितिका संयोजक तिर्थराज उपाध्यायको अध्यक्षता, भजन कृतन समितिका उपाध्यक्ष गुणनिधी शर्माको स्वागत र गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निशान खड्काको संचालनमा सम्पन्न भएको थियो ।