दरवाङका दुई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६

म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ इङलिस बोर्डीङ स्कुलका दुई जना केन्पोकाई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् ।
जापानको सिजुओकाकिङ हामामाचुमा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरवाङका दुई सहित तीन जना खेलाडी छनौट भएका हुन् ।
नेपाल केन्पोकाईको तर्फबाट १४ देखि १५ वर्ष उमेर समूहमा कक्षा १० का नारायण सिउथानी र १० देखि १३ वर्ष उमेर समूहमा कक्षा ७ का भिमसेन अधिकारी छनौट भएका प्रशिक्षक अनुप गौचनले जानकारी दिनुभयो ।
साउन २० गते जापान जान लाग्नु भएका सिउथानी र अधिकारीलाई बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको प्रबन्ध निर्देशक गोविन सिउथानीले बताउनुभयो ।