आठौ राष्ट्रपति रनिङ सिल्डको पुुरस्कार वितरण

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, साउन ९, २०७६

बागलुुङमा सम्पन्न भएको आठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पुुरस्कार वितरण गरिएको छ ।
असार २३ र २४ सम्पन्न भएका आठौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा आयोजना गरिएका सवै विधामा विजेताहरुलाई एक कार्यक्रमका विच सम्मान तथा पुुरस्कार वितरण गरिएको छ ।
प्रतियोगितामा १० स्वर्ण, ७ रजत र १ कास्य पदक प्राप्त गर्दैै सिगाना माध्यमिक विद्यालयले आठौ राष्ट्रपति रनिङ सिल्डको उपाधी हात पारेको छ । उपाधी हात पारेको सिगाना माविले नगद १५ हजार सहित शिल्ड हात पारेको छ ।
१० स्वर्ण ३ रजत र १० कास्य पदक सहित द्धितिय स्थान हासिल गरेको चिल्ड्र्न लाइफ बोर्डिङले नगद १२ हजार पुुरस्कार प्राप्त गरेको छ भने रुद्रे पिपल माविले ६ स्वर्ण र २ रजत र २ कास्य सहित तृतिय स्थान हासिल गर्दै ९ हजार पुुरस्कार प्राप्त गरेको जिल्ला खेलकुुद विकास समितिले जानकारी दिएको छ ।
कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौट भई गण्डकी प्रदेशवाट राष्ट्रिय खेलमा सहभागीता जनाएका बिभिन्न बिधाका खेलाडिलाई नगद सहित सम्मान गरिएको थियो ।


कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले स्वास्थ्य र राष्ट्र दुवैका लागि खेलकुुद आवस्यक रहेको बताउनुुभएको छ । उहाँले खेलकुुदका कारण विद्यार्थीहरु गलत क्षेत्रमा लाग्नबाट जोगिन समेत सफल भएको जानकारी दिनुभयो ।
सापकोटाले खेलकुदले नै देशलाई विश्वमा चिनाउन सफल भएकाले शिक्षासँगै खेलकुुदलाई समेत अगाडी बढाउन समेत आग्रह गर्नुुभयो । उहाँले अव सवै वडामा एकएक वटा खेलकुुद मैदान सुुधारमा समेत लागि पर्ने बताउनुुभयो ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कुुश्मराज उपाध्याय, जिल्ला प्रहरी कार्यालय बागलुुुङका प्रहरी उपरीक्षक नवराज भट्ट र जिल्ला प्रशासन कार्यालय बागलुुङका सुुचना अधिकारी धिरेन्द्रराज पन्तले सवै विद्यालयमा एक खेलकुुद शिक्षक अनिवार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । विद्यालयमा खेलकुुद सम्वन्धी शिक्षा प्रदान गर्न नसकेसम्म राम्रो दक्ष खेलाडी उत्पादन गर्न नसक्ने उहाँहरुको भनाई थियो ।
कार्यक्रम जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष धनबहादुुर परियारको अध्यक्षता र सदस्य सचिव भिमसेन शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।