३७ औ विपि स्मृति दिवस विविध कार्यक्रम सहित मनाईयो

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६

नेपाली काँग्रेस बागलुङले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं आफ्ना संस्थापक नेता स्वर्गिय विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

विपि स्मृति दिवसका दिन काँग्रेस जिल्ला कार्यसमितिले बागलुङ नगरपालिका १ रामरेखामा रहेको विपि बाटिकामा बृक्षारोेपण गर्नुका साथै अघिल्ला बर्षहरुमा रोपेका विरुवाहरुको वरिपरि रहेका फोहोरको सरसफाई र गोडमेल गरेको छ ।

कार्यक्रममा सहभागीले विपिको आर्दश र मार्गदर्शनलाई नेतृत्वले अनुसरण गर्न नसकेको गुनासो गरेका थिए । विपिको संघर्ष, योगदान र आदर्श चरित्रबारे पार्टीले नयाँ पुस्तालाई जानकारी दिन नसकेको भन्दै उनीहरुले त्यसतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा काँग्रेस बागलुङका निवर्तमान सभापति प्रकाश शर्मा पौडेलले अहिलेको परिश्थितिमा पार्टी नेतृत्व विपिको सिद्धान्त अनूरुप चल्न नसकेको बताउनुभयो । उहाँले बर्तमान सन्दर्भमा पनि बिपिको बिचार उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रम पार्टी सभापति दिपेन्द्र बहादुर थापाको अध्यक्षता, कोषाध्यक्ष उमेश गौतमको स्वागत र सचिव नवराज पौडेलले संचालनमा सम्पन्न भएको थियो ।

त्यसैगरी बागलुङ नगरपालिका १३ पैयुँपाटाले पनि विपि स्मृति दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पैयुँपाटाको काभ्रडाँडामा विभिन्न प्रकारका झण्डै ४ सय विरुवा रोपिएको छ । कार्यक्रममा बोल्दै काँग्रेस बागलुङका क्षेत्रीय सभापति नारायण शर्मा पौडेलले विपिको स्मृतिमा रोपिएका विरुवाको रोप्ने मात्र भन्दा पनि यसलाई हुर्काउनेमा पनि जोडदिनुर्ने बताउनुभयो । उहाँले विपिको सिद्धान्त अनुसार काँग्रेस अगाडी बढन जरुर रहेको बताउनुभयो ।

कार्यक्रममा टे«डयुनियन काँग्रेस गण्डकी प्रदेशमा उपाध्यक्ष रामप्रसाद अधिकारी, बागलुङका अध्यक्ष ईश्वरठाकुर पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रम पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्रीको अध्यक्षता, वडा सदस्य भवनी प्रसाद रिजालको स्वागत र उपसभापति नरप्रसाद रिजालको संचालनमा सम्पन्न भएको थियो ।

त्यसै नेपाली काँग्रेस काँठेखोला गाउँपालिकाको आयोजनामा पनि सुल्डाँडामा १ सय ८ वटा बरपिपलका बिरुवा रोपिएको कोषाध्यक्ष उमेश गौतमले जानकारी दिनुभयो । जिल्लाका अन्य स्थानिय तह तथा पर्वत र म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरी विपिलाई सम्झिएको बताइएको छ ।