स्व. अरुण थापा मगर स्मृति सास्कृतिक साझ

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, साउन ६, २०७६

स्वर्गिय गायक अरुण थापा मगरको २० औ स्मृति साँझ बागलुुङमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।
मुर्चुुङ्गा कलाकार समुुह बागलुुङको आयोजनामा २० औ अरुण थापा मगर स्मृति साझ विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ फोनिज जिल्ला शाखा बागलुुङका अध्यक्ष संगम घर्ति मगरले स्वर्गिय कलकार अरुण थापा मगरले कलकारिता क्षेत्रमा गरेको योगदानका बारेमा चर्चा गर्नुुभएको थियो ।
वि.सं २००९ सालमा जन्मनुु भएका थापाको २०५६ साल साउन ५ गते बाघबजार स्थीत कान्तिपुर गेष्टहाउसमा मृत्यु भएको थियो । कार्यक्रममा कलकारहरुले बिभिन्न गितहरु प्रस्तुत गरेका थिए ।
मुर्चुुङ्गा कलाकार समुुह बागलुङका अध्यक्ष किशोर थापा मगरले कलकारिता सास्कृतिक पक्षलाई बचाउनका लागि सवैले आफ्नो कलाकारिता बचाइराख्नुुपर्नेमा जोड दिनुुभयो ।
कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुुढा मगर लगायतले बोल्नुुभएको थियो । कार्यक्रम मुर्चुुङ्गा कलाकार समुुह बागलुुङका अध्यक्ष किशोर थापाको अध्यक्षता र हेमन थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।