पाण्डवखानीमा पत्रकारिता तालिम

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, साउन २, २०७६

बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमो आधारभूत पत्रकारिता तामिल शुरु भएको छ ।
ाण्डवखानी अनलाईन खवरको आयोजनामा संचालित तालिममा २७ जना युवाहरु सहभागि रहेका छन् । युवाहरुको नेतृत्व र उद्घोषण क्षमता बढाउन तालिम आयोजना गरिएको बताइएको छ ।
भाषण शैली, समाचारको भाषा, समाचार लेखन र अन्र्तवार्ता लगायतको बिषयमा तालिम दिईने व्यवस्थापक सुरेश छन्तयालले बताउनुभयो । तालिममा नविन भाबुक, थम्मन थापा, कौरव खत्री, राम बिक र सुरेश छन्तयालले सहजीकरण गर्ने बताइएको छ ।
ग्रामीण क्षेत्रमा हुने कार्यक्रम र लुकेका बिषयलाई उजागर गर्दै जिल्ला तहका संचार माध्यममा उनीहरुले सूचना प्रवाह गर्न सकुन् भनेर तालिम आयोजना गरिएको छन्तयालले बताउनुभयो ।