रोम विधानको पक्षराष्ट हुनुपर्ने भन्दैं ज्ञापनपत्र

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, साउन २, २०७६

अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक बागलुङले सरकारसँग नेपाललाई रोम विधानको पक्ष राष्ट्र हुन माग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पक्ष राष्ट्र बन्न आग्रह गरेको हो । इन्सेकले अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको लागि रोम विधान पारित भएको दिन १७ जुलाईको अवसर पारेर रोम विधानको पक्षराष्ट्र हुन माग गर्दै ज्ञापन पत्र बुझाएको थियो ।
इन्सेक प्रतिनिधि सिर्जना पन्तले हस्ताक्षर गरेको ज्ञापन पत्रमा रोम विधानमा अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्धअपराध, आमनरसंहार र मानवता विरूद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्नहुने व्यक्तिहरूलाई जवाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्नको लागि पनि नेपाल रोम विधानको पक्षराष्ट्र हुनुपर्ने उल्लेख गरिएको थियो ।
पन्तले ज्ञापन पत्र बुझाउँदैं दक्षिण एशियाका १९ राष्ट्र सहित संसारका १ सय २४ राष्ट्रहरु रोम विधानको पक्षराष्ट भइसकेको हुँदा अन्तराष्ट्रिय फौजदारी अदालतको स्थापनाले राष्ट्रिय अदालतको क्षेत्राधिकार कटौती नहुने भन्दैं नेपालले पनि रोम विधानको अनुमोदन गर्नुपर्ने बताउनुभएको थियो ।
ज्ञापन पत्र बुझदैं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले मानव अधिकारको संरक्षण र प्रवद्र्धन हुने विधानहरुको अनुमोदा गर्दा राज्यलाईलाईनै फाइदा पु¥याउने हुँदा रोम विधानको अनुमोदन गर्नुपर्ने बताउनुभयो । उहाँले ज्ञापन पत्र यथाशिघ्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिवद्धता व्यक्त गर्नूभएको थियो ।