उद्योग वाणिज्य संघको ध्यानआकर्षण

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : बिहिबार, साउन २, २०७६

सरकारले देशभित्र व्यवसायिक मालवस्तुको आन्तरिक ओसारपसारको अनलाइन निगरानी बुधबारदेखि शुरु गरेको छ ।
भेहिकल एण्ड कनसाईनमेन्ट ट्राकिङ सिस्टम नाम दिईएको व्यबसायिक मालबस्तुको आन्तरिक ओसारपोसारको अनलाईन निगरानी प्रति उद्योग वाणिज्य संघ बागलुङले विरोध जनाएको छ ।
२०७६ साउन १ गतेदेखि लागु हुने भेहिकल एण्ड कनसाईनमेन्ट ट्राकिङ सिस्टम व्यवसायि उद्यमीलाई सैद्धान्तिक र व्यबहारीक ज्ञान प्राप्त नभएकाले तत्काल लागु नगरि व्यबसाय मैत्रि वातावरण सिर्जना गर्नको लागि बागलुङ उद्योग वाणिज्य संघले एक विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो ।
संघले ढुवानी व्यवसायमा पहिलो पटक लगाईएको मुल्य अभिबृद्धि करले समेत व्यवसायिलाई समस्या पार्ने भएकोले थप समयको माग गरेको छ ।
स्थानिय लेखा नम्बर पान नभएका कामदार तथा कर्मचारीलाई प्रदान गरिने ज्याला खर्चमा लेख्न नपाईने व्यबस्था नेपालको श्रम बजारसंग नमिल्ने भएकोले यसको पुन अध्ययन गर्नुपर्ने र व्यबहारमा लागु गर्न महासचिव नरेश कँडेलद्धारा जारी विज्ञाप्तीमा उल्लेख छ ।
बँैक खाता मार्फत मात्र पारिश्रमिक भुक्तानी गर्नुपर्ने सबै कामदार तथा कर्मचारीको सामाजिक शुरक्षा, कोषमा पठाउनुपर्ने, १० लाख रुपैयाभन्दा माथिको रकम चेकबाट भुक्तानी गर्नुपर्ने प्रावधान तत्काल स्थगित गर्न उद्योग वाणिज्य संघले सरकारसंग माग गरेको छ ।