सामाजिक सुरक्षा योजनामा आवद्ध हुने म्याद असोज मसान्त

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : बिहिबार, साउन २, २०७६

योगदानमा आधारित सामाजिक सुरक्षा योजना साउन बुधबारदेखि लागू भएको छ ।
योजनामा सहभागी हुने आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सामाजिक सुुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ । रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा हुनेछ ।
रकम जम्मा गरे पश्चात कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा योजनाहरु अनुसार सुविधा पाइनेछ । कोषले अहिले औषधि उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र बृद्धावस्था सुरक्षा योजना ल्याएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा निजी क्षेत्रका श्रमिकहरु आवद्ध हुनुपर्नेछ । हालसम्म ३७ सय प्रतिष्ठानका करिव २० हजार श्रमिक यसमा आवद्ध भएका छन् । कोषले सबै रोजगारदाता तथा योगदानकर्तालाई कोषमा सूचीकृत हुने म्याद असोज मसान्तसम्म दिएको छ ।
श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा संशोधन गरी अरु सामाजिक सुरक्षा योजनामा समाहितलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐच्छिक मात्र हुने व्यवस्था मिलाएको छ ।
अब सञ्चय कोष र नागरिक लगानी कोषमा अवद्ध भएसकेकाहरु कोषमा जाने नजाने उनीहरको निर्णयमा भरपर्छ । तर यसअघि के हुने भन्ने अन्यौल थियो ।