पुरुष भलिबल प्रतियोगितामा आँधिबेहरी प्रथम

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६

बागलुङको ताराखोलामा संचालित असारे मेलाको पुरुष भलिबल प्रतियोगीताको उपाधी आँधीबेहरी भलिबल समूह गल्कोटले जितेको छ ।
सोमबार भएको फाईनल खेलमा आदर्श युवा क्लवलाई पराजित गर्दै उपाधी जितेको हो । उपाधी विजेता भलिबल समूहले ८० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । प्रतियोगीतामा २४ समूहको सहभागीता रहेको थियो ।
२५ हजार रुपैयाँ पुरस्कार राशीको महिला भलिबल प्रतियोगिताको उपाधी बडीगाड गाउँपालिकाको जलजलाको समूहले जितेको छ । महिला भलिबलमा म्याग्दीको प्रगतिशील युवा क्लब द्धितिय भएको थियो ।
महिला भलिबल खेल प्रतियोगितामा ७ टिमले सहभागिता जनाएका थिए ।