२ सय ६ औ भानु जयन्ती बागलुङ्गमा पनि मनाईयो

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, असार ३०, २०७६

धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गरेको छ ।
२ सय ६ औ भानु जन्मजयन्तीका अवसरमा धौलागिरी साहित्य प्रतिष्ठानद्धारा आयोजित श्रष्टा सम्मान एबं सृजना बाचन कार्यक्रममा श्रेष्ठलाई नगद र सम्मान पत्र प्रदान गरिएको थियो ।
श्रेष्ठले नेपाली भाषा र साहित्यको उन्नयनमा पु¥याएको योगदानको कदर गर्दै प्रतिष्ठानले नगर १० हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरेको हो । बागलुङको मूलपानी घर भई बैदेशिक रोजगारका लागि बेल्जीयममा रहनु भएका कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वती केसीको स्मृतिमा स्थापित पुरस्कारबाट भानु जयन्तीका अवसरमा बर्सेनी साहित्यको क्षेत्रमा लामो योगदान गरेका साहित्यकारलाई सम्मान गर्दै आएको धौलागिरी साहित्य प्रतिष्ठानले जनाएको छ ।
श्रेष्ठलाई बागलुङ्ग नगरपालिकाका प्रमुख जनकराज पौडेल र धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशनले सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । सम्मान पछि बोल्दै बागलुङ्ग नगरपालिकाका प्रमुख पौडेलले नेपाली साहित्यको बिकास र सम्मृद्धिका लागि आदीकवी भानुभक्त आचार्यले पु¥्याएको योगदान सदैव स्मरण योग्य रहेको बताउनुभयो ।
त्यसैगरी सम्मानित ब्यक्तित्व श्रेष्ठले प्रतिष्ठानले दिएको सम्मानले साहित्य क्षेत्रमा लाग्नका लागि थप प्रेरणा मिलेको बताउनुभयो । सहभागिले भाषा साहित्यको संरक्षण र प्रबद्धन गर्न सकेमात्र आदिकबी भानुभक्त आचार्य प्रतिको सच्चा सम्मान हुनेमा जोड दिएका थिए । सो अवसरमा सर्जकहरु गुणराज पौडेल, कोपिला कंडेल, मंगलादेबी राजभण्डारी गोबिन्द सुबेदी, र मञ्जुल शाक्य लगायतले सृजना बाचन गर्नूभएको थियो ।
त्यसैगरी यसवर्षको स्थलगत भानु चित्र लेखनमा नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठ उत्कृष्ट हुनुभएको थियो । श्रेष्ठलाई धौलागिरी साहित्य प्रतिष्ठानले पुरस्कृत समेत गरेको थियो । सो अवसरमा सम्मानित श्रेष्ठको ब्यक्तित्व बारे धौलागिरी साहित्य प्रतिष्ठानका सदस्य एबं धौलागिरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरीप्रसाद पाण्ड्यले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम धौलागिरी साहित्य प्रतिष्ठान बागलुङ्गका अध्यक्ष कोजि रोशनको अध्यक्षता, सदस्य गुणराज पौडेलको स्वागत मन्तब्य र सदस्य सचिव राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।