मकैबारीमा आएका बाँदर धपाउँदा भिरबाट चिप्लिएर लड्दा मुत्यु

-- धौलागिरी एफएम संवाददाता, बागलुुङ / प्रकाशित मिति : आइतवार, असार २९, २०७६

बागलुङमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेका २० वर्षीय सुदर्शन पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउसो मकै बारीमा आएका बाँदर धपाउदा भिरबाट चिप्लिएर लड्दा पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।

कोइराला भिरबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुशन्धान गरिरहेको प्रवक्ता भट्टराईको भनाई छ ।