अर्गलको सामाजिक परिक्षण

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, असार २९, २०७६

बागलुङको ताराखोला गाउँपालिका वडा नं २ अर्गलको सामाजिक परिक्षण कार्यको आम भेला सम्पन्न भएको छ ।

सामाजिक परिक्षण कार्यको पहिलो चरणमा अर्गल स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिसँग अन्तरक्रिया, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरुसँगको अन्तरक्रिया, तेस्रो चरणमा स्वास्थ्य आमा समुह सँगको अन्तरक्रिया, चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो ।

अभियानको क्रममा ताराखोला गाउककपालिका वडा नं २ को अर्गल स्थित विभिन्न गाउ तथा टोलहरुमा तथ्याङ्क संकलन गरिएको थियो । स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा, त्यहाँको सुसासन, पार्दशिता र जवाफदेहितालाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्येश्य रहेको बताइएको छ ।

आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण गर्दै त्यसको वारेमा सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले जानकारी गराउनु भएको थियो ।

स्वास्थ्यचौकी मार्फत प्रदान गरिने सेवा सुविधा र अत्यावश्यक औषधीको नियमित व्यवस्थापन, गाउपालिकामा गर्भवती र अन्य विरामीलाई लक्षित गरि भिडियो एक्स रे, अन्य ईमरजेन्सी सेवाको लागि पालिकामा एम्बुलेन्स सेवा उपलब्ध गराइदिन सुझाव सहित आग्रह गरेका थिए ।

भेलामा हिल स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितीका अध्यक्ष एवं वडा अध्यक्ष भद्र बहादुर घर्ती, ताराखोला गाउककपालिकाका स्वास्थ्य शाखा संयोजक शंकर विष्ट र अर्गल स्वास्थ्य चौकीका प्रमुख विराजु जिसी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष टेक बहादुर केसी, नेपाली काग्रेसका सभापति कमलापति पाठक, नेपाल कम्युनिष्ट पार्टी क्रान्तीकारी माओवादीका प्रतिनिधी गोविन्द परियारले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।