पुस्तकालय सामाजिक परिर्वतनको आधारः नगरप्रमुख पौडेल

रामप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतले चयन
-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, असार २९, २०७६

बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले विद्या मन्दिर पुस्तकालयलाई गण्डकी प्रदेशकै एक नमुना पुस्तकालय बनाउनुपर्नेमा जोड दिनु भएको छ ।
विद्यामन्दिर पुस्तकालयको ७२ औ वार्षिक साधारणसभा तथा ३५ औ अबिधेशमा बोल्दै पौडेलले पुस्तकालय चेतना प्रदान गर्ने एक घर भएकोले पुस्तकालयको समग्र विकास गरि गण्डकी प्रदेशको नमुना पुस्तकालय बनाउनुपर्ने बताउनुभएको हो ।
पुस्तकालय मानव मनका भावनाहरु एक अर्कामा साटासाट गर्ने माध्यम भएको र यसले मानिसलाई सकरात्मक कुराको निर्देशन दिने हुँदा पुस्तकालय महत्वपुर्ण रहेको भन्दै उहाँले यसको विकासको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
२००३ सालमा स्थापित भएको पुस्तकालयले विभिन्न बाधा र चुनौतिको सामना गर्दै आएको पुस्तकालयमा अहिले विद्युतिय पुस्तकालय संचालनमा आएको छ । पछिल्लो समय पाठकहरुको पुस्तकालयमा गई पठनपाठन गर्ने रुचि हटेपछि २०७२ शाल चैत्रदेखि विद्युतिय पुस्तकालय संचालनमा ल्याएको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
विद्या मन्दिर पुस्तकालयले सदरमुुकाममा स्थापित ज्ञानोदय भगवति पुस्तकालय बागलुङसंग एकिकरण गरि वृहत रुपमा संचालनमा ल्याउने प्रस्ताव समेत पेश गरेको छ । यसैविच पुस्तकालयको ३५ औ अबिधेशनमा रामप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएको छ ।
उपाध्यक्षमा राम थापा अविरल, सचिवमा रामचन्द्र शर्मा, सहसचिवमा राजन प्रसाद शर्मा गरि अन्य १५ सदस्य चयन भएका छन् । अबिधेशनमा अध्यक्ष शर्मालाई प्रधान संरक्षक गौचनले सपथ ग्रहण गराउनुभएको थियो ।
साधारणसभामा पुस्तकालयका प्रधान संरक्षक ओमकारप्रसाद गौचन, पुुस्तकालयका सल्लाहकार बरिष्ठ अधिबक्ता पध्मनाथ शर्मा, सल्लाहकार शैलेन्द्रकुमार श्रेष्ठ, पुस्तकालयका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेपाल पत्रकार महासंघका सल्लाहकार कोपीला कडेल लगाएतले बोल्नुभएको थियो ।
सो अवसरमा पुस्तकालयमा नियमित रुपमा उपस्थित भै अध्ययन गर्ने बानपा ३ का राजिव बझालाई नगद सहित प्रमाण पत्रद्धारा पुरस्कृत गरिएको थियो । कार्यक्रम पुस्तकालयका अध्यक्ष राजेशचन्द्रराज भण्डारीको अध्यक्षता, उपाध्यक्ष रामप्रसाद शर्माको स्वागत र सचिव राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो ।