११ औ राष्ट्रपति रनिङ शिल्डमा बागलुुुङलाई ७ स्वर्ण

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : शनिबार, असार २८, २०७६

गण्डकी प्रदेश राजधानी पोखरामा जारी ११ औँ राष्ट्रपति रनिङ शिल्डमा बागलुुङले ७ स्वर्ण पदक जितेको छ ।
कँराते छात्र तर्फको ४२ केजी समूहमा बागलुङका लक्ष्मण पुनले स्वर्ण पदक हात पारे भने छात्रा तर्फ दिपा बुुढा द्धितीय भएकी छन् ।
उसुु तर्फ दिपसिका किसान, सौरव किसान, लेमिन राना मगर र काजल विकले स्वर्ण पदक दिलाएका । तेक्वान्दो तर्फको छात्र ४५ केजी समूहमा युुगेस थापाले स्वर्ण पदक जित्ते । , तेक्वान्दो तर्फ नै ४८ केजीमा पवन रोका मगर तृतिय भएका छन् ।
छात्र भलिवल र छात्र कवड्डी प्रतियोगितामा तृतिय भएको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले जानकारी दिनुभयो । बागलुङबाट राष्ट्रिय खेलाडीमा १२ जना खेलाडी छनोट भएका छन् ।
जसमा उसुु तर्फ ४ जना, तेक्वान्दो र करातेमा एक÷एक जना र पुुरुष भलिवल र पुुरुष कवड्डीका तीन÷तीन गरी १२ जना खेलाडी राष्ट्रिय खेलमा छनोट भएको सदस्य सचिव भीमसेन शाक्यले बताउनुभयो ।