शिवधुुरी पदमार्ग निर्माण

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, असार २८, २०७६

बागलुुङको काठेखोला गाउँपालिका–५ बिहुँ तल्लो काउलेदेखी थामाडाडा जोड्ने पदमार्ग निर्माण गरिएको छ ।
गण्डकी प्रदेश सरकारको ‘होमस्टे’ अनुदान कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ लगानीमा पहुँच मार्ग निर्माण गरिएको हो । बिहुँको थामडाडामा होमस्टे संचालनमा आएको छ ।
बिहँुको सापकोटा, ठामडाडा, मिलनचोकमा ११ घरमा घरवास निर्माण गरिएको शिवधुुरी घरवासका सचिव प्रेम पुुनले जानकारी दिनुुभयो । बिहुँ र ताराखोला गाउँपालिका– १ को सिमानामा पर्ने शिवधुुरीमा पदमार्ग पुु¥याउने लक्ष्य रहेको सचिव पुनले बताउनुभयो ।
ताराखोला गाउँपालिका देखि नै सुुरु गरिएको पर्यटन मार्ग निर्माण सँग जोडिएमा आन्तरिक तथा बाह्य पर्यटकहरुले हिमशृङखला सँगै पर्यटकीय क्षेत्रको अवलोकनमा थप सजिलो हुने छ ।