फलफूलका विरुवा रोप्न सुरु

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, असार २८, २०७६

बागलुङ नगरपालिका–५ मालिकामा विभिन्न प्रजातिका फलफूलका विरुवा रोप्न सुरु गरिएको छ ।
डिभिजन वन कार्यालय बागलुङको ८ लाख र कृषि ज्ञान केन्द्र पर्वतको १० लाख लगानीमा विरुवा रोप्न थालेको वडा अध्यक्ष शिब सापकोटाले जानकारी दिनुभयो ।
बैज्ञानिक व्यबस्थापनको कार्यक्रम अन्र्तगत माटोको परिक्षण पछि उत्पादनयोग्य ठाँउमा विरुवा रोप्न लागिएको हो ।
स्थानिय १० जना कृषकहरुको अगुवामा पञ्चासे कृषि वन समुह दर्ता गरि सामुहिक रुपमा फलफूलका विरुवा रोप्न सुरु गरिएको अगुवा कृषक हरिप्रसाद शर्माले बताउनुभयो । शर्माका अनुसार ५० रोपनी जग्गामा ५ सय लौठसल्लाका विरुवा, ५ सय कागती र १ सय यवोगाडा, किवीको एक सय बोट रोप्ने वडाध्यक्ष सापकोटाको भनाई छ ।
फलफुलको विरुवा डिभिजन वन कार्यालयले उपलब्ध गराएको थियो । यसैगरि खेतियोग्य जमिनमा भएका रुखका कटान गरि उपभोक्तालाई बढि भएको रुखहरु विक्रि गरेर सामाजिक काममा लगानी गरिने वडा अध्यक्ष सापकोटाको भनाई छ ।