तंग्राममा प्रधानमन्त्री स्वरोजगार

-- धौलागिरी एफएम संवाददाता, बागलुुङ / प्रकाशित मिति : बिहिबार, असार २६, २०७६

बागलुङको काठेखोला गाँउपालिका–४ तंग्राममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ ।
काठेखोला–२ भीमापोखरा र तंग्रामको सिमाना ढुढियादेखिको सडक खण्डमा सोलीङ गर्न बेरोजगार सूचीमा दर्ता भएका ३० जनालाई निर्माण सेवामा रोजगार प्रदान गरिएको हो ।
कामदारहरुलाई काठेखोला गाउँपालिकाको नियम अनुसार ८ सय ५० रुपैयाँका दरले ज्याला दिइने वडाअध्यक्ष केशरबहादुर थापाले बताउनुभयो ।