धौलागिरि बहुमुखी क्याम्पसमा बृक्षारोपण

-- धौलागिरी एफएम संवाददाता, बागलुुङ / प्रकाशित मिति : बिहिबार, असार २६, २०७६

त्रिभुवन बिश्व बिद्यालयको ६० औ स्थापना दिवसको अवसरमा धौलागिरि बहुमुखी क्याम्पसमा बृक्षारोपण गरिएको छ ।

स्थापना दिवसको अवसरमा क्याम्पस परिसरको सरसफाई सहित बिभिन्न प्रजातिका एक सय भन्दा बढी बिरुवा तथा फुलहरु रोपण गरिएको हो ।

भुमि तथा जलाधार केन्द्र कुश्मा पर्वतले उपलव्ध गराएको न्यालो, धुपी लगाएत अन्य फुलहरु रोपिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्यायको नेतृत्वमा बिविए संयोजक बिप्लव शर्मा र बिविएमा अध्यनरत बिद्यार्थीहरुको सक्रियतामा बृक्षारोपण गरिएको पाण्डेयले बताउनुभयो । सो अवसरमा कर्मचारी संघका केन्द्रिय उपाध्यक्ष गुरुप्रसाद कँडेलले धौलागिरि स्तम्भमा राख्नका लागि फुल सहितका ५ वटा गमला उपलब्ध गराउनु भएको थियो ।