बागलुङमा ट्राफिक सचेतना कार्यक्रम

-- धौलागिरी एफएम संवाददाता, बागलुुङ / प्रकाशित मिति : बिहिबार, असार २६, २०७६

बागलुङ सदरमुकाममा ट्राफिक सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कालीगण्डकी ड्राइभिङ स्कुल बागलुङले स्थापनाको दुई बर्ष पूरा गरि तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा सचेतना कार्यक्रम आयोजना गरेको हो ।
कार बाइक मोटर साइकल र स्कुटी सिक्ने सिकारु तथा नयाँ सिक्न चाहने युवालाई लक्षित गरि ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएकको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायब निरिक्षक महेन्द्र रानाभाटले बताउनुभयो ।
ट्राफिक नियमको पालना गर्न सकेमा दुर्घटनामा धेरै कमि आउने बताउदै उहाँले ट्राफिक नियम सवारीसाधन चलाउने पैदल यात्रा गर्ने सबैले पालना गर्नुपर्ने त्यसको लागि जनचेतना जरुरी रहेको बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको सहयोगमा भएको ट्राफिक नियम तथा अनुशासन सम्बन्धि प्रशिक्षण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलयका बाबुराम नेपाली भोजेन्द्र थापा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी ट्राफिक नियमको पालनाबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रमको कालीगण्डकी ड्राइभिङ स्कुलका अध्यक्ष सागर गौतमको अध्यक्षता कालीगण्डकी ड्राइभिङ स्कुलका संचालक रामप्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।