प्रधानमन्त्री सडकमा १ सय ८० मिटर सोलिङ निर्माण

-- धौलागिरी एफएम संवाददाता, बागलुुङ / प्रकाशित मिति : बिहिबार, असार २६, २०७६

संघिय सरकारसँगै गाउँमा विकासको लहर छाएपछि प्रधानमन्त्री सडक ७० मिटर सडकमा सोलिङ गरिएको छ ।
गाउँको विकास भएन यो सरकारले पनि केहि काम गरेन भनेर कुुरा काटेर बस्नेहरु अहिले विकास कुुरा काटेर होइन काम गरेर हँुदो रहेछ भनेर विकासमा अगाडी बढ्न थालेको बागलुङको ताराखोला गाउँपालिका १ का वडा अध्यक्ष यामबहादुर श्रीसले बताउनुभयो ।
रिजालचोक सहिद मार्गमा बर्खाको समयमा सडक हिलो भएर सवारी आगवन बन्द हुुने गरेको समयमा यस वर्ष भने १ सय १० मिटर सडकमा सडक सोलिङ गरेपछि यातायातमा सहज भएको सवारी चालक याम घर्तीले जानकारी दिनुुभयो ।
वडावाट प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छानिएका यस ताराखोला गाउँपालिका १ अमरभुुमीका १५ जना श्रमिकले १ सय ८० मिटर सडकमा ढुुङ्गाले सोलिङ गरेका हुुन् । सडक विस्तारको क्रममा बाटो मुुनि फालिएका ढुुङ्गा नै प्रयोगमा ल्याएर उनीहरुले २१ दिनमा १ सय ८० मिटर सडक सोलिङ गरेका हुुन् ।
एउटै वडा पनि भौगोलिक विविधताका कारण माझखर्क र भुुस्कात बनाई दुुई भागमा विभाजन भएको छ । माझखर्कमा ५ जनाले ७० मिटर र भुुस्काटका १० जनाले १ सय १० मिटर गरी वडामा १ सय ८० मिटर सडक ढुुङ्गाले सोलिङ गरेको वडाले जनाएको छ ।
पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल जुम्लिथान पुग्ने पदमार्ग निर्माण भएको छ । जिल्लाको फलेवास नगरपालिका वडा नं. १ कार्किनेटादेखि कुश्मा नगरपालिका वडा नं. १३ खौलालाकुरीको सिमानामा अवस्थित धार्मिक एवम् पर्यटकीय क्षेत्र जुम्लिथानको डाँडासम्म पुग्ने पदमार्ग निर्माण भएको हो ।