मुस्ताङमा ४ सयभन्दा बढी व्यक्ति अपांगता

-- धौलागिरी एफएम संवाददाता, मुस्ताङ / प्रकाशित मिति : बिहिबार, असार २६, २०७६

करिब १३ हजार जनसंख्या रहेको मुस्ताङमा ४ सयभन्दा बढी व्यक्ति अपांगता रहेको अपांगता समाज मुस्ताङले जनाएको छ ।
अपांग समाज मुस्ताङले बुधबार आयोजना गरेको ’अपांगता भएका व्यक्तिको पहुँच र अधिकारसम्बन्धि २ दिने अभिमुखिकरण तालिमका अवसरमा समाजका अध्यक्ष आइतलाल थकालीले जानकारी दिनुभयो ।
अध्यक्ष थकालीले अपांगता भएका व्यक्ति राज्यको समान नागरिक भएको उल्लेख गर्दै राज्यले प्रवाह गर्ने सेवा सुविधामा कुनै कन्जुस्याई गर्न नहुने बताउनुभयो ।
अझै पनि अपांगता भएका व्यक्तिलाई समाजले विभेदको दृष्टिकोणले हेर्ने गरेकोमा दुस्ख व्यक्त गर्नूभयो । अपांगता व्यक्तिलाई समाजको हौसला र आत्मसम्मानले बाच्न पाउनुपर्ने बातावरणको प्रत्याभुति दिलाउनुपर्ने अध्यक्ष थकालीको भनाई छ ।
गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले अपांगता भएका व्यक्ति समाजका अरु नागरिक सरह हैसियत रहेकाले राज्यले दिने सेवासुविधामा विभेद हुन नहुने बताउनुभयो । अध्यक्ष थकालीले अपांगता भएका व्यक्तिको अधिकार र पहुँच अनि क्षमता विकास गर्न स्थानीय तहले आय आर्जनको व्यवसाय र सीप विकास तालिम संञ्चालन गर्दै आइरहेको छ ।
अपांगता समाज मुस्ताङका सचिव दिनेशकुमार थकाली संघीयतापछि अपांगता परिचयपत्र पाउने अधिकारमा समस्या आएको बताउनुभयो । उहाँले परिचयपत्र वितरण गर्ने अख्तियारी स्थानीय तहमा आएकाले यसतर्फ गाउँपालिका सम्वेदशील रहनुपर्ने उल्लेख गर्नूभयो ।
अपांग र पहुँच अनि अधिकारसम्बन्धि २ दिने कार्यशालालाई समाजका अध्यक्ष, उपाध्यक्ष र सचिवले सहजीकरण गर्ने जनाइएको छ । कार्यक्रममा घरपझोङ गाउँपालिकाका करिब ७० जना बढी अपांगता भएका व्यक्तिको सहभागीता रहेको छ ।