बागलुुङका दुुई पत्रकार पुुरस्कृत

नेपाल टेलिभिजन बागलुुङ संवाददाता किरण आचार्य र ढोरपाटन दैनिक पत्रिका कार्यकारी सम्पादक रामकृष्ण बोहोरा पुुरस्कृत
-- धौलागिरी एफएम संवाददाता, बागलुुङ / प्रकाशित मिति : बिहिबार, असार २६, २०७६

बागलुुङमा क्रियाशिल दुई पत्रकारलाई बुुधवार एक कार्यक्रम गरी सम्मान तथा पुुरस्कृत गरिएको छ ।
नेपाल पत्रकार महासंघ बागलुुङ शाखामा स्थापना गरिएको नन्द हरि सिर्जनशिल पुुरस्कार नेपाल टेलिभिजन बागलुुङ संवाददाता किरण आचार्य र ढोरपाटन दैनिक पत्रिका कार्यकारी सम्पादक रामकृष्ण बोहोरालाई नगद १५ हजार १ सय ५५ तथा सम्मान पत्रले सम्मान गरिएको हो ।
स्वर्गिय आमा नन्दकली गौतम र स्वर्गिय बुुवा हरिलाल गौतमको सम्झनामा पत्रकार हरिनारायण गौतमको परिवारले स्थापना गर्नुुभएको नन्दहरि सिर्जनशिल पुुरस्कार नेपाल पत्रकार महासंघ बागलुुङ शाखाको १९ औँ स्थापना दिवसको अवसरमा दुुई पत्रकारलाई सम्मान तथा पुुरस्कार प्रदान गरिएको संरक्षक हरिनारायण गौतमले जानकारी दिनुभयो ।
उक्त पुरस्कार प्रतिनिधी सभाका साँसद देवेन्द्र पौडेल र पुरस्कारका संस्थापक संरक्षक हरिनारायण गौतम लगाएतले प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा नन्दहरि सिर्जनशिल पुुरस्कारका संयोजक राजेशचन्द्र राजभण्डारीले धौलागिरीका चार जिल्लाई कार्यक्षेत्र बनाएर पत्रकारीतामा क्रियाशिल पत्रकारहरुलाई वितरण गर्दै आएको पुुरस्कार अन्तर्गत २०७४ सालको पत्रकारिता पुुरस्कार पत्रकार आचार्य र २०७५ को पुुरस्कार पत्रकार बोहोरालाई प्रदान गरिएको जानकारी दिनुभयो ।
धौलागिरीका चार जिल्लामा क्रियाशिल जेष्ठता निरन्तरता र क्रियाशिलताको आधारमा पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आएको नेपाल पत्रकार महासंघ बागलुुङ शाखाका अध्यक्ष दिल शिरिषले बताउनुुभयो ।