मर्यादित तथा व्यवसायिक पत्रकारिताबाट समाजलाई रुपान्तरण गर्न सकिने: पौडेल सांसद

पत्रकार महासंघको १९ औँ स्थापना दिवस
-- धौलागिरी एफएम संवाददाता, बागलुुङ / प्रकाशित मिति : बिहिबार, असार २६, २०७६

श्रमजिवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बागलुङ शाखा स्थापनाको १८ बर्ष पुरा भएको छ ।
वि.स २०५७ साल असार २५ गते तत्कालिन धौलागिरी शाखाको तदर्थ समिति गठनसँगै बागलुङ शाखा गठनको सुरुवात भएको थियो ।
महासंघले १९औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले सरकार लामो संघर्षबाट प्राप्त विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने पक्षमा नरहेको बताउनुभयो ।

मर्यादित तथा व्यवसायिक पत्रकारिताबाट समाजलाई रुपान्तरण गर्न सकिने बताउँदै उहाँले पत्रकारिताको आढमा निराधार प्रचार, बदनामी तथा चरित्र हत्या हुने सचार सामाग्री उत्पादन, प्रकाशन तथा प्रसारण गर्नू उचित नभएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहनुभएका पौडेलले दुई तिहाईको सरकारले सोचे अनुरुपका काम गर्न नसके पनि विकास र समृद्धिको दिशामा उन्मुख रहेको बताउनुभयो ।

विकास निर्माणलाई तिव्र गति प्रदान गर्नुका साथै पारदर्शिता र जवाफदेही बनाउन खरिद ऐन संशोधनको पक्षमा लागेको जानकारी दिनुभयो । सांसद पौडेलले पूर्वतयारी विना सिमा नाकामा विषादी परीक्षण सुरुवात गर्दा व्यवहारिक समस्या रहेको उल्लेख गर्दै नाका नाकामा पूर्वधार तयार गरेर नागरिकका स्वास्थ्य प्रतिको जिम्मेवारी पुरा गर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुुख राजेन्द्र ढुुङ्गाना, प्रमुख जिल्ला अधिकारी लुुकबहादुर क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी बागलुुङका सचिव ज्ञामनाथ गैरे अनिल, नेपाली काँग्रेस बागलुुङका कोषाध्यक्ष उमेश गौतम, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष हरिनारायण गौतम, निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सल्लाहकार कोपिला कँडेल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्दकुुमार श्रेष्ठ, प्रेस संगठन जिल्ला कार्यदल सदस्य उमाकान्त शर्मा, प्रेस युनियन बागलुुङका अध्यक्ष प्रदिप पन्त, प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य ताराप्रसाद शर्मा लगायतले बोल्नुुभएको थियो । कार्यक्रममा पत्रकार किरण आचार्य र रामकृष्ण बोहोराले पनि मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुुङ शाखाका अध्यक्ष दिल शिरिषको अध्यक्षता, उपाध्यक्ष नरेश कँडेलको स्वागत र सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।