बेनीमा दि साईनिङ डान्स एन्ड फिटनेस स्टुडियो शाखा विस्तार

-- धौलागिरी एफएम संवाददाता,म्याग्दी / प्रकाशित मिति : बुधबार, असार २५, २०७६

बागलुङमा नृत्य कक्षा संचालन गर्दै आएको दि साईनिङ्ग डान्स स्कुलले म्याग्दीको बेनीमा शाखा विस्तार गरेको छ ।
बेनीमा सचालित दि साईनिङ डान्स एन्ड फिटनेस स्टुडियोको उद्घाटन बेनी शाखा प्रमुख फौद सिंहले गर्नुभएको थियो ।
दि साईनिङ डान्स एन्ड फिटनेस स्टुडियोले धौलागिरीका चारै जिल्लामा शाखा विस्तार गर्ने योजना बनाएको म्यानेजिङ डाईरेक्टर कृष्ण संयोगले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा कपडा तथा सिलाई व्यबसायि संघका अध्यक्ष बेनिका युवराज दर्नाल, राईजिङ ग्रूपका अध्यक्ष सुवास श्रेष्ठ, बागलुङ ब्रान्चका डान्स डाईरेक्टर मुस्कान आलेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
स्कुलले धौलागिरी अञ्चल भित्र आईकोनिक डान्स च्याम्पेन्सिप आयोजना गर्ने समेत बताइएको छ । कार्यक्रम बेनि शाखा अध्यक्ष मना नेपालीको अध्यक्षता, करण बोहराको स्वागत र म्यानेजिङ डाईरेक्टर कृष्ण संयोगको संचालनमा सम्पन्न भएको थियो ।