राष्ट्रपति रनिङ सिल्डको छात्र तर्फको उपाधी रुद्रेपिपललाई

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, असार २५, २०७६

बागलुुङमा संचालित आठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता अन्तर्गत छात्र भलिवलको उपाधी रुद्रे पिपल मावि बागलुुङले जितेको छ ।
मंगलवार सम्पन्न भएको फाइनल खेलमा एरा मदरल्यान्ड बोर्डिङ स्कुल नरेठाटीलाई २–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो पटक उपाधी जित्न सफल भएको हो ।
यस्तै छात्रा भलिवल तर्फ बिद्यामन्दिर मावि बिजयी भएको छ । बिद्यामन्दिर माविले धौलागिरी बहिरा आवसिय माविलाई पराजित गरेको हो ।
छात्र कवड्डीमा विद्यामन्दिर माविलाई पाखा लगाउदै कालिका कन्या मन्दिर माविले उपाधी जितेको छ । सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधी जितेको विद्यामन्दिरलाई कालिका कन्या मन्दिरले आठौ खेलमा पन्छाएको छ ।
छात्रा तर्फको कवड्डी प्रतियोगितामा रुद्रे पिपल माविलाई हराउँदै त्रिभुुवन मावि खर्वाङले उपाधी जितेको जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले जानकारी दिनुभयो ।