सहकारीको बित्तीय कारोबार पनि अब अख्तियारको दायरामा

-- धौलागिरी एफएम संवाददाता, बागलुुङ / प्रकाशित मिति : बुधबार, असार २५, २०७६

सहकारीलगायतका बित्तीय संस्थाहरुलाई पनि अख्तियारको छानबिन अधिकार क्षेत्रभित्र राख्ने गरी सरकारले विधेयक स्वीकृत गरेको छ ।
मन्त्रिपरिषदको बैठकले अख्तियार सम्बन्धी बिधेयकलाई सैद्धान्तिक स्विकृती दिएको हो ।हाल वाणिज्य बैंकहरु बाहेक अन्य बित्तीय कारोबार गर्ने संस्थाहरु अख्तियारको दायरमा छैनन् ।
सहकारीमार्फत अर्बौका कारोबार हुने र बित्तीय अपराधहरु पनि बढिरहेको अवस्थामा ठूलो आर्थिक कारोबार हुने ती क्षेत्रलाई अख्तियारको दायरमा ल्याउन लागिएको हो ।
यो विधेयक संसदमा पुगेर पारित भएमा सहकारी संस्थाहरुका कारोबार शंकास्पद भएमा वा उजुरी परेमा अख्तियारले छानविन गर्न पाउनेछ । सहकारी सन्चालकहरुले भने सहकारीको बित्तीय नियमावली आफ्नै रहेकाले अख्तियारलाई प्रवेश नगराउन लबिङ गरिरहेका छन् ।
तर, सहकारीमा जनताको पैसा तथा सम्पत्ति कारोबार हुने भएकाले यसलाई अख्तियारको कार्यक्षेत्रमा ल्याउन आवश्यक रहेको सुझावपछि सरकारले बिधेयक अघि बढाएको हो ।