२२ गतेदेखि राष्ट्रपति रनिङ्ग शिल्ड हुने

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, असार २१, २०७६

बागलुङमा आठौं राष्टपति बागलुङमा आठौं राष्ट्रपति रनिङसिल प्रतियोगिता संचालन हुने भएको छ ।
यही असार २२ गते देखी २४ गते सम्म प्रतियोगिता संचालन हुने जिल्ला खेलकुद विकास समिति बागलुङले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
जिल्लाको जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा छनौट खेल नभएको कारण असार २२ गते बागलुङमा प्रतियोगिताको उदघाट्न सँगै तिन वटै स्थानिय तहको छनौट खेल संचालन गरिने छ ।
त्यस्तै असार २३ र २४ गते जिल्ला स्तरीय छनौट खेल संचालन हुने जिल्ला खेलकुद समितिका अध्यक्ष धनबहादुर परियारले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका सवै स्थानिय तहका विद्यालयले सहभागिता जनाउने छन ।
प्रतियोगितामा एथलेटिक्स तर्फ विभिन्न दुरीको छात्रा तथा छात्र दौड, छात्र छात्रा हाईजम्प लङजम्प त्रिपलजम्प ज्याभलिङ थ्रो सटफुट, भलिबल, मार्सल आर्ट, कवड्ी भलिबल, कराते, उसु, तेकान्दो लगायतका खेल हुनेछन ।
प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन पाउने छन् । कक्षा १२ को परिक्षा दिएको र १८ वर्ष भन्दा बढी उमेरका विद्यार्थी तथा विद्यालय भन्दा बाहिरको खेलाडीले सहभागी जनाउन नपाउने जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले बताउनुभयो ।
सो कार्यक्रमका लागि ५ लाख १० हजार नौ सय खर्च हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले जानकारी दिनुभयो । स्थानिय निकायले चासो नदिँदा र मन्त्रालयबाट ढिलो गरी पत्रचार गरिएको हुँदा खेलकुदमा असारे विकास देखिएको अध्यक्ष परियारले स्वीकार गर्नूभयो ।
प्रतियोगितामा प्रथम द्धितिय र तृतिय स्थान हासिंल गर्ने खेलाडी विद्यालयलाई नेपाल सरकारले तोकेको पुरस्कार प्रदान गरिने छ । सामुदायिक विद्यालयमा वर्खे विदा र निजी विद्यालयमा परिक्षा संचालन भएको समयमा पनि यो प्रतियोगिता हुन लागेको हो ।