क्षयरोगको खकार परिक्षण शिविर

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, असार २१, २०७६

बागलुङ नगरपालिका –८ सिगानामा क्षयरोगको खकार परिक्षण शिविर सम्पन्न भएको छ ।
शिविरको उद्घाटन पछि बोल्दै वडा अध्यक्ष जितबहादुर क्षेत्रीले क्षयरोग न्युनिकरणका निम्ती समाज र समुदायले चासो रहनुपर्र्ने बताउनुभयो । उहाँले क्षयरोग लाग्न नदिनका लागि आम नागरिकलाई केही शंका लागेमा तुरुन्त खकार परिक्षण गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
शिविरमा क्षयरोगको लक्षण र यसको उपचार पद्धतिको बारेमा स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ सुपरभाईजर देवप्रकाश घिमिरेले जानकारी गराउनुभएको थियो । दुई हप्ता वा सो भन्दा बढि लगातार खोकी लागेमा क्षयरोगको शंका गर्नुपर्दछ ।
यसको तुरुन्त स्वास्थ्य संस्थामा गई खकार जाँच गर्नुपर्दछ । शिविरमा १ सय १२ जनाको खकार जाँच गरिएको थियो । कार्यक्रम सिगाना स्वास्थ्य चौकीका हेअ सपना नेपालीको स्वागत र सिनियर अहेब विष्णुप्रसाद पौडेलकोको संचालनमा सम्पन्न भएको थियो ।
स्वास्थ्य कार्यालय बागलुङ जिल्लाको विभिन्न क्षेत्रमा शिविर संचालन गरेको छ । आगामी दिनमा पनि काठेखोला गाउँपालिकाको पाला र तंग्राममा शिविरको आयोजन गरिने स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताउनुभयो ।