३ करोड २६ लाख रुपैया बचत

-- धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति : बुधबार, असार १८, २०७६

पर्वतको गुप्तेश्वर गुफामा शिब पार्वतीको बिश्वकै अग्लो मुर्ति निर्माण गर्ने उद्देशयले आयोजित महायज्ञमा ३ करोड २६ लाख रुपैया बचत भएको छ ।
कुस्मा बजारमा जेठ १ देखी ११ दिन सम्म सन्चालन भएको विराट गुप्तेश्रर कोटीहोम धार्मिक मेलामा ३ करोड २६ लाख नगद बचत भएको हो । दान दिइएको जग्गा र पछि दिने रकम जोड्दा ५ करोड भन्दा बढी रुपैया संकलन हुने देखिएको छ ।
मूलआयोजक समितिका कोषाध्यक्ष कमलनाथ पोखरेलका अनुसार ३ करोड ८९ लाख ४१ हजार ६ सय ५ रुपैयाको आम्दानी भएको थियो । महायज्ञ अवधीभर ६३ लाख २९ हजार ८० रुपैया खर्च भएको पोखरेलले जानकारी दिनुभयो ।
महायज्ञ लगाएको स्थानमै ३ रोपनी जग्गा प्राप्त भएको जानकारी गराउदै शिवपार्तको मूर्ति वन्दा सहयोग गर्ने दाताहरुको नाम समेत उल्लेख गर्नु भयो ।
विश्वमै अग्लो शिवपार्वतीको मुर्ति निर्माण गर्ने, १२ वटा ज्योर्ति्लिड्ग स्थापना गर्ने, २ सय ८ कोठाको सत्सङ भवन र भव्य सीस महल निर्माण गर्ने चुनौती पूर्ण कार्य भएकाले यस तर्फसमिति वैधानिक हिसावले दर्ता भई अगाडी वढ्ने जानकारी दिनुभयो ।
महायज्ञमा १ लाख जम्मा गर्ने संस्थापक १ सय ९० जना, तुलादान गर्ने ८ सय १८ जना, शिवलिड्ग स्थापनार्थ ५१ हजार जम्मा गर्ने १ सय ८ जना रहेको सो अवसरमा जानकारी गराईएको थियो ।