गायक विष्णु खत्रीको “बर्खा” गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

-- कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति : बुधबार, असार ११, २०७६

भरिया दाईले बिसौनी भारी, किसानी दाईको हलो र जुवा,  बेशी खोला खेत जस्ता कालजयी गीतहरुका होनहार सर्जक तथा अग्रज गायक बिष्णु खत्रीको नया  गीत “बर्खा” बजारमा आएको छ ।

पछिल्लो समय असारे भाकाहरु बजारमा आउननै छाडेको परिवेसमा पनि बिष्णु खत्रीले फेरी एक पटक आम लोक गीत संगीत प्रेमी मनहरुको प्यासलाइ तिर्खा मेटाउने कोसिस गरेका छन । नेपाली लोक दोहोरीको क्षेत्रमा बिगत लामो समय देखि साधना गर्दै एउटा अब्बल सर्जकको नाम पाएका खत्रीको यो सृजनाले फेरी बजार तताउनेमा दुईमत छैन।

गीतमा बिष्णु खत्री र जुना श्रीषले आवाज दिएकी छिन । बिष्णु खत्रीको लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीतमा अभिनय पनि बिष्णु खत्री आफैले आफ्नै गाउँमा दृश्य निर्माण गरेका छन । खत्रीलाई महिला मोडलमा अप्सना थापाले साथ दिएकी छिन। शिबन पोख्रेलको निर्देशन र करण चैसिरको छायांकनमा तयार भएको उक्त गीत बिष्णु खत्रिकै अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ ।
भिडियो हेर्नुहोस्ः–