बुर्तिबाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, असार ५, २०७६

बागलुङको पश्चिम ढोरपाटन नगरपालिकामा नगर स्तरीय राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।
ढोरपाटन नगरपालिकाको आयोजनामा संचालित प्रतियोगितामा नगरपालिका अन्तरगतका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको छ ।
पहिलो दिन भएको दौड प्रतियोगीतामा छात्रा तर्फ न्यू मोर्डन एकेडेमीका ममता सिर्पाली प्रथम, शिवालय माविका मिना अधिकारी द्धितीय र ज्ञानोदय मावी बोबाङका गिता सुनार तृतीय भएको जनाइएको छ ।
छात्र तर्फ ११ जनाको सहभागिता रहेको दौड तर्फ न्यू मोर्डन एकेडेमीका प्रतिप घर्ती प्रथम, शिवालय माविका रेमबहादुर छन्त्याल द्धितीय र उत्तरगंगा माविका जनक घर्ती तृर्तीय भएका छन् ।
‘आजको युगमा वैज्ञानीक शिक्षाको आवश्यकता’ विषयक आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगीतामा उत्तरगंगा माविका निश्चल पाण्डे प्रथम, न्यू मोर्डन एकेडेमीका निर्मल खनाल द्धिर्तीय, छोरेगाउँ माविका कमल गिरी तृर्तीय भएका थिए ।
हाजिरीजवाफ प्रतियोगिता तर्फ न्यू मोर्डन एकेडेमी प्रथम, जनता आवासीयस्कुल द्धिर्तीय भएका छन् । दुबै बोर्डिङले समान अंक ल्याएका कारण गोला प्रथाद्वारा नतिजा घोषणा गरिएको थियो । त्यस्तै धिरी आधारभुत विद्यालय तृर्तीय भएको छ ।
विहिबारदेखि भलिबल प्रतियोगिता सुरु हुने बताइएको छ । भलिबलमा नगर स्तरका १० ओटा माध्यमिक विद्यालयका छात्र÷छात्राहरुले भाग लिएका छन् ।