मिस एण्ड मिस्टर धौलागिरी प्रतियोगीता हुने

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, असार ४, २०७६

बागलुुङमा मिस एण्ड मिस्टर धौलागिरी प्रतियोगीता हुने भएको छ ।
किङ स्टार क्रियसनले बागलुङले प्रतियोगीताको आयोजना गरेको छ । प्रतियोगीताको लागि
असार ५ गते बागलुुङ बजार, ७ गते म्याग्दी, ९ गते कुुस्मा र ११ गते बागलुुङको गलकोटमा छनौट प्रतियोगीता (पहिलो अडिसन) हुने किङ स्टार क्रियसनका सिईओ प्रदिप बोहोराले जानकारी दिनुभयो ।
चार स्थानबाट छनौट भएका प्रतिस्पर्धीलाई असार १५ गतेदेखि एक महिनासम्म तालिममा सहभागी गराईने छ । तालिममा उत्कृष्टबाट मिस्टर एण्ड मिस धौलागिरी छनौट हुने सिईओ बोहोराको भनाई छ ।
प्रतियोगीता संचालनको लागि सात लाख खर्च हुने अनुमान गरिएको छ । उत्कृष्टलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको सहयोगी संस्थाका संचालक यामबहादुर नेपालीले बताउनुभयो ।
यस अघि २०१८ को धौलागिरी मिस नेपालमा बागलुङ सिगानाकी शिल्पा कार्की विजय हुुनुुभएको थियो । विजेतालाई मिस नेपाल तथा मिस्टर नेपालको प्रतियोगीतामा सहभागी गराउनुका साथै विभिन्न म्युजिक मिडियोमा काम गर्ने अवसर प्राप्त गर्ने छन् ।