कम्युुनिष्ट पार्टी धर्म विरोदी होइन ःनेता सापकोटा

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, असार १, २०७६

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रको एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला तहमा जनवर्गीय संगठनको एकता सुरुवात गरेको छ ।
जनवर्गीय संगठन अभियान अन्तर्गत बागलुङमा नेपाल राष्ट्रिय वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनबीच एकता भएको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य तथा नेपाल कम्युुनिष्ट पार्टी बागलुुङका अध्यक्ष इन्द्रलाल सापकोटाले कम्युनिष्ट पार्टी धर्म विरोधी नभएको बताउनुभयो । सांसद सापकोटाले नेताले कुुनै ठाउँलाई नियमन गर्न खोस्दा धर्म विरोधी नहुुने दावी गर्नूभयो ।
सरकारले गुुठी विद्येयक ल्याउदा कम्युनिष्ट पार्टी धर्म विरोदी भएको भन्दै आलोचना भएकाले सरकारले गुुठीलाई नियन्त्रण होइन नियमन मात्र खाजेको जानकारी प्रष्ट पार्नूभयो ।
नेता सापकोटाले सरकारले ल्याएको मिडिया विद्येयक पनि स्वतन्त्र पत्रकारहरुलाई नियन्त्रण गर्ने नआएको र बन्द कोठामा बसेर अनैतिक संचार सामाग्री उत्पादन गर्ने पत्रकारलाई नियन्त्रण गर्न खोजेको र स्वच्छ पत्रकारिता गर्ने पत्रकार मिडिया विद्येयक सँग नडराउन पनि आग्रह गर्नुभयो ।
घोषणा सभामा बागलुुङ नगरपालिकाका नगरप्रमुुख जनकराज पौडेल, नेपाल उद्योग व्यवसाय संघ गण्डकी प्रदेश संयोजक प्रेम पौडेल, नेकपा बागलुुङका सचिव ज्ञामनाथ गैरे अनिल, नवनिर्वाचित अध्यक्ष रतनप्रसाद मलेपति , सल्लाहकार सञ्जय श्रेष्ठ, र राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुुमार श्रेष्ठले बोल्नुुभएको थियो ।
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ जिल्ला शाखा बागलुुङले दुुई व्यवसायीको एकता पछि रतन मलेपतिको अध्यक्षतामा ४२ सदस्य समिति कार्यदल गठन गरेको छ ।
कार्यदलको राज थापा निवर्तमान अध्यक्ष, दुुर्गा बहादुुर पुुन उपाध्यक्ष, प्रकाश चालिसे सचिव, नारायण आचार्य सहसचिव, राजु गौतम कोषाध्यक्ष, मनोज थापा सहकोषाध्यक्षमा चयन भएको छ ।
कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यवसाय संगठनका अध्यक्ष राज थापाको अध्यक्षता, कार्यवाहक अध्यक्ष भवानी राज बरालको स्वागत र संस्थाका महासचिव प्रकाश आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।