एक सय ३० जना ज्येष्ठ नागरिकलाई सम्मान सहित थर्मश वितरण

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, असार १, २०७६

बागलुङको काठेखोला गाउपालिका– भिमापोखरामा ७५ वर्ष भन्दा माथिको ज्येष्ठ नागरिकलाई थर्मश वितरण गरिएको छ ।
१६ औ अन्राष्ट्रिय जेष्ठ नागरिक दुव्र्यवहार विरुद्धको सचेतना कार्यक्रमको अबसरमा शनिबार एक सय ३० जना ज्येष्ठ नागरिकलाई सम्मान सहित थर्मश वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै संघिय सांसद डा. सुर्य पाठकले ज्येष्ठ नागरिक समाजका मर्यादित व्यक्ति भएकोले उनिहरुको अनुभव र भोगाईको पाठलाई विकास र सामाजिक रुपान्तरणमा प्रयोग गर्नूपर्नेमा जोडदिनुभयो ।


वैदेशिक रोजगारी र बदलिदो समयअनुसार ज्येष्ठ नागरिक परिवारबाट साथ पाउन नसकेको उल्लेख गर्दै उहाले अब सरकारले जेष्ठ नागरिकहरलाई सेवा सुविधा सहितको सामाजिक सुरक्षाको व्यबस्था गर्ने बताउनुभयो ।


कार्यक्रममा काठेखोला गाँउपालिकाका अध्यक्ष अमर थापा, महिला बालवालिका शाखाका सहायक निरिक्षक रश्मि गौतम, शिक्षा कमिति सदस्य टिकाराम शर्मा, लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रम वडा अध्यक्ष विद्यापति शर्माको अध्यक्षता, काठेखोला गाँउपालिका अधिकृत कासिराम शर्माको स्वागत र कार्यालय सहायक सुर्य थापाको संचालनमा सम्पन्न भएको थियो ।