रत्नलक्ष्मी मावि ,चिल्डे«न लाइफ बोर्डिङ छात्र फुुटबलको फाइनलमा

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, जेष्ठ ३२, २०७६

बागलुङमा जारी क्विक्स कप अन्तर विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगीतामा रिघाको रत्नलक्ष्मी मावि र चिल्ड्रेन लाइफ बोर्डिङ फाइनल प्रवेश गरेको छ ।
शुक्रबार भएको सेमिफाईनल खेलमा रत्नलक्ष्मी माविले आमर आदर्श र चिल्डे«न लाईफले रुद्रेपिपल माविलाई पाखा लगाउँदै फाईनल यात्रा तयार गरेका हुन ।
बाङ्गेचौर खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रत्नलक्ष्मी माविले अमर आदर्श बोर्डिङलाई १–० गोलले पछि पारेको थियो ।
खेलको पहिलो हाफ गोल रहित भएको थियो । दोस्रो हाफमा आक्रमक रुपमा प्रस्तुत भएको रत्नलक्ष्मी माविका सोनाम घर्तिले खेलको २९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । लगतै अमर आदर्शका खेलाडीले डिवक्स भित्र हेन्ड गरे पछि गोल गर्ने अर्काे मौका पाएको थियो ।
अमर आदर्शका खेलाडीले हेन्ड गरे पछि पाएको पेन्टाल्टीलाई रत्नलक्ष्मीका खेलाडी सोनाम घर्तिले गोल गर्न चुके । सोनामको ग्राउन्ड बल राईड हेनसाईडको बार हुँदै बाहिरिएको थियो ।
दोस्रो खेलमा चिल्डे«न लाइफ बोर्डिङले रुद्रेपिपल माविलाई १–० गोल अन्तरले पछि पारेको थियो । चिल्ड्रेन लाइफ बोर्डिङलाई जिताउन पहिलो हाफको ४ मिनेटमा पवन पुुनले कर्नर किक मार्फत गोल गरेका थिए । निकै प्रतिपर्धा भएको खेलमा दुवै टिमका किप्परले उत्कृष्ट बचाउ गरेका थिए । खेल अवधिभर दुबै टिमबाट काउन्टर अट्याकको प्रयास भैरहेको थियो ।
शनिवार सम्पन्न हुुने अन्तरविद्यालय स्तरिय क्विक्स कपको फाइनल खेलमा छात्र तर्फ चिल्डे«न लाइफ बोर्डिङ र रत्नलक्ष्मी माध्यमिक विद्यालय विच हुुने छ भने छात्रा तर्फ सिद्धार्थ शिक्षा सदन र न्युु एभरेष्ट बोर्डिङ विच प्रतिपर्धा हुुने जिल्ला फुुटबल संघ बागलुुङले जानकारी दिएको छ ।
प्रतियोगितामा छात्र तर्फको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै छात्रा तर्फको विजेता टिमले ५ हजार रुपैयाँ र उपविजेता टिमले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।