रिघामा उद्घोषण, पत्रकारीता, तथा नेतृत्व विकास तालिम

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : शनिबार, जेष्ठ ३२, २०७६

बागलुङको गल्कोट नगरपालिका–११ रिघामा उद्घोषण, पत्रकारिता तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।
नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय समितिको आयोजना तथा गल्कोट नगरपालिका वडा नं. ११ को आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।
२ दिनसम्म चल्ने तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष डम्बर श्रीसले देश वनाउने जिम्मा युवाको काँधमा आएको भन्दै सकारात्मक सोच र उत्प्रेरणाका साथमा अगाडि वढ्न युवाहरुलाई आह्वान गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा वडा सचिव डिल वहादुर श्रीस, रत्न लक्ष्मी माविका शिक्षक देव वहादुर वि.क. लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम जनजाती महासंघका उपाध्यक्ष ओम प्रसाद घर्तिको अध्यक्षता, कोषाध्यक्ष जमुना श्रीसको स्वागत मन्तव्य तथा सचिव आषा श्रीस रानाको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा साविक रिघा गाविसका ६० जना युवाहरुको सहभागिता रहेको छ ।
तालिमको नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद कमल पौडेलले सहजिकरण गर्ने बताइएको छ ।