दशै अगाडी जिल्ला सदमुुकाममा फोर जि सेवा सुुरु हुुने

-- बलबहादुर रोका, बागलुङ / प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६

साविक धौलागिरीको चार जिल्ला सदरमुकाममा दशै अगाडी नै फोर जी (चौथो पुस्ता) को ईन्टरनेट सेवा सुुरु हुुने भएको छ ।
धौलागिरी सञ्चार क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेपाल टेलिकम बागलुुङका प्रमुख केशव शर्माले चौथो पुस्ता फोर जि सेवा विस्तारको लागि आवश्यक पूर्वाधार तयार भएको जानकारी दिनुभयो ।
नेपाल टेलिकमले बागलङमा टुु जि ५३ वटा र थ्रि जि ५० वटा टावरबाट सेवा दिरहेको र केही ठाउँहरुमा टावर निर्माण कार्य चलिरहेको प्रमुुख शर्माले जानकारी दिनुभयो । टेलिकमले पर्वतमा र म्याग्दीमा समान २५÷२५ वटा टुु जि र २१÷२१ वटा टावरबाट थ्रि जि सेवा दिरहेको र मुुस्ताङमा १७ वटा टावरबाट टुु जि र १४ वटा टावरवाट थ्रि जि सेवा दिरहेको छ ।
चार जिल्लामा १२० वटा टावरबाट टुु जि र १०६ वटा टावरबाट थ्रि सेवा प्रवाह भएको कार्यालय प्रमुख शर्माको भनाई छ । बागलुुङमा इन्टरनेट र फोन दुवै सेवा अप्टिकल फाइवर मार्फट नै दिन थालिएको उहाँले बताउनुभयो ।
पुुराने प्रविधिलाई पुुर्ण विस्थापित गरी नयाँ प्रविधि प्रयोग गर्न लागिएकाले सवै घरघरमा डिभाइस वितरण गरिसकेपछि सेवाको सुुभारम्भ गरिने छ । कार्यक्रम धौलागिरी सञ्चर क्लवका अध्यक्ष राजेसचन्द्र राजभण्डारीको अध्यक्षता, सदस्य सृजना पन्तको स्वागत र सचिव प्रदिप पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।