२६ लाख रुपैयाँ बक्यौता रकम उठन बाँकी

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६

बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले साढे २६ लाखरुपैयाँ बक्यौता रकम असुल गर्न बाँकी रहेको जनाएको छ ।
ग्राहकबाट रकम असुली नहुँदा कार्यालयको राजश्व संकलन प्रभावित भएको छ भने नयाँ ग्राहक थप्न समस्या भइरहेको छ । कार्यालयका अनुसार निजी घर, संघसंस्था, विद्यालय र सरकारी कार्यालयलबाट २६ लाख ६६ हजार २१३ उक्त रकम असुल्न बाँकी रहेको हो ।
विगत २ वर्षदेखिको खानेपानीे महशुल रकम उठ्न बाँकि रहेको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुुसार सरकारी १९ धारा र १ सय ८६ निजि धाराको रकम असुल गर्न बाँकी रहेको छ ।
बक्यौता रकम बुझाउन कार्यालयले पटक पटक ताकेता गर्दा पनि बुझाउन नमानेका कतिपय ग्राहकको खानेपानीको धाराको लाइन काटिने तयार भएको प्रबन्धक शर्माको भनाई छ । कार्यालयले सार्वजनिक सुचना मार्फत रकम बुझाउन आग्रह गरेको छ । असार मसान्तभित्र बक्यौता रकम नबुझाए बाध्य भएर धाराको लाईन काटने बताउनुभयो ।