अमर, सिद्धार्थ र चिल्डे«न लाईफको विजय सुरुवात

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६

बागलुङमा जारी अन्तर विद्यालय स्तरीय क्विक्स कप फुटबल प्रतियोगीतामा आईतबार तीन खेल सम्पन्न भएका छन् ।
आइतबार भएको खेलमा अमर आदर्श , सिद्धार्थ शिक्षा सदन र चिल्डे«न लाईफ बोर्डिङ्ग स्कुलले विजय यात्रा सुरु गरेका हुन ।
दोस्रो दिनको पहिलो खेलमा यु.एस एकेडेमीलाई ० का विरुद्ध १ गोल अन्तरले पछि पार्दै अमर आदर्श अघिल्लो चरणमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा अमर आदर्शको लागि एक मात्र गोल पहिलो हाफको २८ औं मिनेटमा आरोज सुनारले पेनाल्टीबाट गोल गरेका थिए ।
युएस एकेडेमीका खेलाडीले डिबक्स भित्र फलगरेपछि अमर आदर्शले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै सुनारले टिमलाई विजयी गराए ।
दोस्रो खेलमा सिद्धार्थ शिक्षा सदनले न्यू ओएसिस बोर्डिङलाई ३–० गोल गर्दै अघिल्लो यात्रा तयार गरेको थियो । सिद्धार्थ शिक्षा सदनको जितमा रविन थापाले पहिलो हाफको १६ औँ मिनेटमा हेडिङ मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको २६औँ मिनेट प्रकाश पुन र ३० मिनेटमा पुनः प्रकाश पुनले गोल गर्दै जित सुनिश्चित गरेका थिए ।
तेस्रो खेलमा चिल्ड्रेन लाइफ बोर्डिङले धवलागिरी आवासीय बोर्डिङलाई ६ गोलले पाखा लगायो ।
चिल्डे«न लाइफ बोर्डिङका अजय पुुनले पहिलो हाफको ८ मिनेट, १२ मिनेट ,१९ मिनेट र २३ मिनेटमा व्यक्तिगत ४ गोल गरेका थिए भने पहिलो हाफको १६ औँ मिनेटमा प्रमिस पुुन मिनेट र ३६ औँ मिनेट चलोन जि.सीले थप एक गोल गर्दै फराकिलो जित निकालेका हुन ।
सोमवार ५ खेल हुुने छ । पहिलो खेलमा धावि मावि र न्यू एभरेष्ट दोस्रो खेल अमृत आदर्श र गणेश मावि, तेस्रो खेल त्रिभुुवन मावि र आदर्श विद्यामन्दिर बोर्डिङ विच प्रतिपर्धा गर्ने छन् ।
प्रतियोगितामा छात्र तर्फको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै छात्रा तर्फको विजेता टिमले ५ हजार रुपैयाँ र उपविजेता टिमले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।