मुटु रोगी सार्कीलाई आर्थिक सहयोग

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६

म्याग्दीको रघुगंगा गाउँपालिका –३ राखु कलेजाबाङ्गका मुटु रोगी धन बहादुर सार्कीलाई करिब डेढ लाख सहयोग प्राप्त भएको छ ।
अमेरीकामा रहेका रोजी भण्डारी नेत्तृत्वको समुहले संकलन गरेको ४२ हजार रकम रोजीको भाई इश्वर भण्डारीले मुटु रोगी सार्कीलाई हस्तान्तरण गर्नुभएको हो ।
त्यस्तै बैदेशिक रोजगारमा अमेरिकामा गएका सोचिन्द्र भण्डारीको संयोजक समूहले ७३ हजार ,भिमसेन सार्कि नेत्तृत्वको समुहले १२ हजार पाँच सय ,बिष्णु भण्डारीबाट ७ हजार ,इश्वर भण्डारीबाट १२ हजार सहयोग उठाइएको थियो ।
बैशाख १३ गतेका दिन एकासी ह्दयघात भएका सार्कीको मुटुको दुईवटा भल्व फुटेर रगत जमेको र उपचारको मणिपाल शिक्षण अस्पताल पोखरामा १८ दिन आईसियुमा राखि उपचार गरिएको थियो ।
एउटा भल्वको अप्रेशन गरि पाईप फेरीएको र अर्को अप्रेशनको लागि मिति लिएर घरमा आराम गरेको साकीले बताउनुभयो ।
अहिले सम्म उपचारमा अस्पतालले एकलाख रुपैया र सामजिक बिकास मन्त्रालयको एकलाख रुपैयाको छुट गरि करिव ७ लाख रुपैया खर्च भएको उहाँकी श्रीमती जुना सार्कि बताउनुभयो ।