आलु उत्पादन घट्दा किसान मर्कामा

-- बल बहादुर रोका, बागलुङ / प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६

आलुको पकेट क्षेत्र बागलुुङको ताराखोलामा यसबर्ष आलु उत्पादन घटेको छ ।
व्यवसायीक रुपमा आलु खेती गर्दै आएका कृषक उत्पादन घटेपछि निरास भएका छन । आलु उत्पादनको समयमा पटक पटक हिउँ असिना र पानी पर्दा र डडुवा रोग लागेपछि उत्पादन घटेको कृषक नैनी रोकाले बताउनुभयो ।
बागलुुङको ताराखोला गाउँपालिका आलुुको पकेट क्षेत्र हो । गत वर्ष सम्म दुुई मुुरी आलुु लगाउँदा १३ मुुरी उत्पादन भएको बारीमा अहिले तिन मुुरी आलुु पनि उत्पादन नभएको ताराखोला ५ का नैनी रोकाको भनाई छ ।
रोकाले भन्नुुभयो गत वर्ष एउटा बारीको उत्पादन ३४ हजारको आलु विक्री गरेकोमा यस १३ हजारको पनि आलु नफलेको बताउनुभयो । आलु खरिदका लागि ठेकेदार आफै बारीमा नै आउने भएकाले बजारीकरणका लागि समस्या नभएको जानकारी दिनुुभयो ।


ताराखोला गाउँपालिकामा उत्पादनमा हुुने आलु बागलुुङको विभिन्न स्थान, पोखरा म्याग्दी काठमाण्डौ लगायत क्षेत्रमा विक्री हुुने गरेको स्थानियले जानकारी दिनुभयो ।
विगतका वर्षमा वाहिरी जिल्लामा आलुु विक्री भए पनि यस वर्ष कम उत्पादन र साना आलु भएका कारण व्यापारीले आलु खरिद गर्दैन की भन्ने चिन्ता थपिएको छ । साविको ताराखोला गाविस, हिल गाविस, अर्गल र अमरभुुमीको भुुस्कातमा मुुख्य वाली र नगदे वाली नै आलु हो ।
ताराखोला गाउँपालिकाले आलुुको पकेट क्षेत्र बनाउन गाउँपालिका– ५ लाई आलुुको ब्लक क्षेत्र र १ देखि ४ वडालाई आलुुको पकेट क्षेत्रमा घोषणा गरिएको ताराखोला गाउँपालिकाका शाखा कृषि कार्यालयका प्रमुुख हेमराज पुुनले जानकारी दिनुुभयो ।