उत्पादन र बजारीकरणका क्षेत्रमा काम गर्न सकेमा देशको आर्थिक बिकास सम्भव

धौलागिरी स्तरीय सहकारी सम्मेलन शुरु
-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६

बागलुङमा धौलागिरि क्षेत्रका सहकारीकर्मीको धौलागिरि स्तरीय बृहत सहकारी सम्मेलन शुरु भएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजना, जिल्लाका स्थानिय तह, राष्ट्रिय सहकारी बिकास बोर्डको सहयोग र बागलुङमा संचालित बिभिन्न सहाकारी संस्थाहरुको सह–आयोजनामा दुई दिनसम्म संचालन हुने गरि आयोजित बृहत सहकारी सम्मेलन शुरु भएको हो ।
धौलागिरी क्षेत्रलाई सहकारीको अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने तथा सहकारीको दर्शन, मुल्य र मान्यतामा आधारित व्यवसायिक सहकारीको विकास र सु–सञ्चालन गर्ने उद्देश्यका आयोजना गरिएको सम्मेलनको नेपाल सरकार राष्ट्रिय सहकारी बिकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले उद्घाटन गर्नूभयो ।


सो अवसरमा बोल्दै बोर्डका सह–अध्यक्ष पौडेलले सहकारीको दिगोपनाका लागि उत्पादन क्षेत्रमा लगानी बृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । राष्ट्रको बिकाससँग सहकारी जोडिने भएकाले देशको सम्मृद्धिका लागि स्थानिय निकायसंग सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले सहकारीको ऐन नियम र कानुनमा रहेर काम गर्नुपर्नेमा जोड दिदै उत्पादन र बजारीकरणका क्षेत्रमा काम गर्न सकेमा देशको आर्थिक बिकास सम्भव हुने बताए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रिय सल्लाहकार ऋषीराज घिमिरे, महासचिव चन्द्रप्रसाद ढकाल, नेपाल सरकार राष्ट्रिय सहकारी बिकास बोर्डका रजिष्टार डाक्टर टोकराज पाण्डे, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, राष्ट्रिय सहकारी बैङ्का संचालक रामबहादुर जिसी, बचत तथा ऋण सहकारी संघका संचालक गोमा नेपाल र जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले लगायतले बोल्नुुभएको थियो ।
कार्यक्रममा सहकारीको बिकासका लागि महत्वपूर्ण सहयोग पु¥याएको भन्दै नेपाल सरकार राष्ट्रिय सहकारी बिकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष गणेश खत्रीको स्वागत र सचिव ऋषीराम गौतमको संचालनमा सम्पन्न भएको थियो ।


धौलागिरी क्षेत्रमा क्रियाशिलसहकारी संघ/ संस्थाहरुका संचालक, लेखा समिति तथा व्यवस्थापकिय प्रमुख, स्थानियतहका प्रमुख एवं प्रतिनिधि, पत्रकार, उद्यमी लगाएतका २ सय ५० व्यक्तिहरुको सहभागीता रहेको सम्मेलन जेठ २७ गते सम्पन्न हुुने अध्यक्ष शर्माले जानकारी दिनुुभयो ।
पौडेलका अनुसार सम्मेलनमा धौलागिरी क्षेत्रका सहकारी संघ संस्थाका प्रतिनिधि, सबैसम्मेलनमा गण्डकी प्रदेशमा सहकारीको सम्भावना अवसर, चुनौती र कानुनी व्यवस्थाको विषयमा, महिला सहभागिता प्रद्र्धधन तथा दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी विषयमा तनाव व्यवस्थापनका लागि उत्प्रेरण र सकरात्मक सोच र सहकारी संस्थामा ऋण तथा जोखिम व्यवस्थापन लगायतका विषयमा राष्ट्रिय कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
करिब ११ लाख खर्चमा सम्पन्न गर्न लागिएको सम्मेलन मार्फत सहकारी क्षेत्रको उजागरका लागि घोषणापत्र समेत सार्वजनिक गर्ने आयोजकको तयारी रहेको जनाएको ।