सरकारी कर्मचारीको सम्पत्ति छानविन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको माग

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारी कर्मचारीको सम्पत्ति कडाईका साथ छानविन गर्न माग गरेको छ ।
मिडिया नेपालले आईतबार बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारी कर्मचारीको सम्पत्ति छानविन गरी स्रोत नखुल्न सम्पत्ति तत्काल राष्ट्रिय करण गर्न माग गर्नूभएको हो ।
उहाँले सरकारी कर्मचारी लगायत अन्य मानिसहरुले अवैध रुपमा कमाएका सम्पत्ति जपथ गरेर सरकारको नाममा गर्न समेत सुुझाव दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु राष्ट्र पुर्नस्थापना, राष्ट्रिय अखण्डता र भ्रष्टाचार नियन्त्रणका लागि सञ्चालन गरेको हिन्दु जागरण राष्ट्रिय स्वाभिमान यात्राका क्रममा थापा शनिबार बागलुङ आउनुुभएको थियो ।
‘हामी फरक मत राख्दै गर्दा संविधानलाई शिरोपर गरेर हिडेका छौँ, अरुले भने जस्तो प्रतिगमन तर्फको हाम्रो बाटो होइन,’ उहाँले भन्नुभयो,‘ पुरानो व्यवस्थामा फर्कने भन्ने हाम्रो एजेण्डा होइन, सहमति र सम्झौताको व्यवस्था हो ।’
अध्यक्ष थापाले गृहमन्त्री हुँदा तत्कालिन माओवादीले गोलमेच सम्मेलनको आवाज उठाए पनि बाह्य शक्तिको चलखेलका कारण असफल भएको बताउनुुभयो । भारतको सहारामा १२ बुँदे सम्झौता गर्दा राष्ट्रियता कमजोर बनेकाले अब सरकारले मुलुकलाई एकताबद्ध गर्ने गरि विप्लव नेतृत्वको नेकपादेखि राजसंस्था, हिन्दु धर्मको एजेण्डा बोक्ने राप्रपाको माग सम्बोधन गर्न गोलमेच सम्मेलन गर्नुपर्नेमा जोड दिनुभयो ।
मिडिया काउन्सिल विधयेक संविधानको पूर्ण प्रेस स्वतन्त्रताको भावना र मर्म विपरित रहेकाले तत्काल संशोधन गर्नुपर्नुुेमा जोड दिनुुभएको थियो । उहाँले विगतमा केही समयमा सरकारमा जानु पार्टीको गल्ती भएको स्वीकार गर्दै राप्रपाले अब सत्ता केन्द्रित राजनीति नगर्ने समेत प्रतिबद्धता व्यक्त गर्नूभयो ।
अध्यक्ष थापाले अहिले राजनितिक परिवर्तन आएसँगै आर्थिक रुपमा पनि नेपालीलाई परिवर्तन गर्न स्वदेशमा नै रोजगारको सञ्चालन गरेर विदेशियका युवाहरुलाई स्वदेशमा नै रोजगारीको अवसर अवको सरकारले गर्नुुपर्ने समेत जोड दिनुभयो ।