एजेन्सी मोटिभेशन कार्यक्रम सम्पन्न

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी बागलुङले आफ्ना प्रतिनिधि (एजेन्ट)लाई उत्प्रेरण तालिम दिएको छ ।
कार्यक्रममा बोल्दै क्षेत्रिय प्रवन्धक रामजी वरालले ज्योतिलाइफले नेपालको जिवन विमाको परिभाषा नै वदलिदिएर इतिहास रचेको दावी गर्नूभयो । अहिले सम्म जिवनविमा गरेमा दुर्घटनाबाट हुने क्षति विरुद्धको आर्थिक सुरक्षादिने मात्र रहदै आएकोमा अब र्दुघटनाबाट हुने क्षति विरुद्धको आर्थिक सुरक्षासहित ३५ प्रकारका रोगहरुविरुध ५० लाख रुपैया सम्मको आर्थिक सुरक्षा प्रदान गर्ने ् विमा योजना ल्याएको जानकारी दिनुभयो ।
ज्योतिफाईफ नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुध सुरक्षा दिने कम्पनी बनेको छ । कम्पनीले ३५ घातक रोग विरुद्ध उपचारको लागि ५० लाख रुपैया सम्मको आर्थिक जोखिम सुरक्षाप्रदान गर्ने योजना सार्वजनिक गरे सगै नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षादिने कम्पनी बनेको हो ।
कार्यक्रममा एजेन्सी म्यानेजर हुमबहादुर थापा, उदय वस्नेत र भविकला घर्तिले उक्त विमा योजना शुभारम्भ गर्नूभएको थियो । कार्यक्रम ज्योति लाइपm इन्स्योरेन्स कम्पनी बागलुङ शाखाका अध्यक्ष , एरिया सेल्स प्रबन्ध मेघराज खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।