निर्धारित समय अगावै ठडियो स्वास्थ्य चौकी भवन

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६

विकास निर्माणको काममा ढिला सुस्ती भएको खबर बगरेल्ती पढन पाईन्छ ।
कामको ठेक्का लिने तर काम नगरी पटक–पटक समय थप गर्ने प्रवृत्तिले जनता आजित भएको बेला बागलुङ काठेखोला गाउँपालिका–१ पालाको स्वास्थ्य चौकी भवन निर्धारित समय अगावै निर्माण गरिएको छ ।
पाला स्वास्थ्य चौकीको भवन सम्भौता गरिएको भन्दा ३ महिना ८ दिन अगावै सम्पन्न भएको हो । शहरी विकास तथा भवन निर्माण कार्यलय बागलुङ मार्फत २०७४ कार्तिक २६ गते गाल्वा जयलक्ष्मी निर्माण सेवाले १ करोड ६६ लाख ७२ हजार ३ सय ३४ रुपैयाँमा ठेक्का लिएको थियो । निर्माण कम्पनीले २०७५ साल माघ १७ गते सम्झौताको ९८ दिनअगावै हस्तान्त्रण गरेको वडाध्यक्ष खडकबहादुर थापाले जानकारी दिनुभयो ।
१२ कोठा क्षमताको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार कक्ष, औषधि भण्डार कक्षको छुट्टा÷छुट्टै व्यवस्था गरिएको छ । संघीय सरकारको लगानीमा निर्माण भएको भवन तथा वर्थिङसेन्टरको शुक्रवार उद्घाटन गरिएको ।
कार्यक्रममा बोल्दै काठेखोला गाउपालिकाका अध्यक्ष अम्मर थापाले भौतिक पूर्वधारसँगै स्वास्थ्य सेवा प्रभावकारी बनाउन सके स्थानियलाई सहज हुने बताउनुभयो । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नूभयो ।