सनसाईज क्रिकेटको उपाधी बिसिसिले जित्यो

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६

प्रथम सनराइज खुल्ला टि–२० क्रीकेट प्रतियोगिताको उपाधी बागलुङ क्रीकेट क्लब (बिसिस) ले जितेको छ ।
बाङगेचौर खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक सनराइज क्रीकेट क्लबलाई ४० रनले पराजित गर्दै उपाधी जितेको हो ।
सनराइज क्रीकेट क्लबको आयोजना र सनराइज आबासिय माध्यमिक बिद्यालयको सहयोगमा सम्पन्न प्रतियोगिताको बिजेता बिसिसिले ३० हजार नगद ट्रफि मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता सनराइजले नगद २० हजार ट्र्फी मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
टस जितेर ब्याटिङ रोजेको बागलुङ क्रिकेट क्लबले १९ ओभर २ बलमा अलआउट हुँदै १५० रन बनाएको थियो । बागलुङ क्रिकेट क्लबका बिक्की गाजीले ५२ रन र रबिन कार्कीले ४३ रन बनाए ।
बलिङ तर्फ सनराइज क्रीकेट क्लबका बबिन शर्माले आफ्नो पहिलो ओभरमा ह्याट्रीक सहित ४ ओभरमा १८ रन दिएर ४ बिकेट तथा दिपेन्द्र मैनालीले ४ ओभरमा १९ रन दिएर २ बिकेट लिए ।
१५१ रनको लक्ष्य पछ्याएको आयोजक सनराइज क्रीकेट क्लब १६ ओभरमा १ सय १० रनमै समेटियो । सनराइजका सचिन अधिकारीले ५३ रन बनाउनु बाहेक अन्य ब्याटसमान कृजमा टिक्न सकेनन ।
किफायती बलिङ गरेका बागलुङ क्रीकेट क्लबकका बिक्की गाजीले ३ ओभर बलिङ गर्दै १४ रन दिएर ३ विकेट लिए यस्तै कप्तान गणेश थापाले १३ रन दिदै ३ विकेट लिए ।
५२ रन र ३ विकेट लिदै उत्कृष्ट प्रदर्शन गरेका बिक्कि गाजी म्यान अफ द फाइनल भए ।
२१ गते बाट सुरु भएको प्रतियोगितामा कास्की, पर्वत, म्याग्दी र बाग्लुङ जिल्लाका १२ समुहको सहभागीता रहेको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बिक्की गाजी तथा उत्कृष्ट बलर अनिल साउद र उत्कृष्ट ब्याट्सम्यान सबिन गौचन घोषित भए ।
पुरस्कार बितरण तथा समापन कार्यक्रममा बोल्दै सनराइज आबासिय माध्यमिक बिधालयका ब्यबस्थापन समितिका अध्यक्ष नीर बहादुर क्षत्रीले शिक्षासंगै खेलकुदलाई पनि प्राथमिकता दिईरहेको भन्दै आगामी दिनमा पनि यस्ता प्रतियोगिता संचालन गर्ने बताउनु भयो ।
क्लबका उपाध्यक्ष प्रेम बहादुर बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक याम बहादुर पोख्रेलले गर्नुभएको थियो ।